ऐश्वर्यालाई गरेको अपमान भुलेर अभिषेकले मुस्कुराउँदै अंगालो हाले विवेक ओबरायलाई
बलिउड अभिनेताद्वय विवेक ओबराय र अभिषेक बच्चनले एक अर्कालाई अंगालो हालेपछि यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ ।
सहारा इन्डिया पार्टीमा यी दुवैले एक अर्कालाई अंगालो हालेका हुन् । पार्टीमा अभिषेक बच्चन पिता अमिताभ बच्चनसँग गएका थिए भने विवेक पत्नी, आमा र बुबा सुरेश ओबरायसँग गएका थिए ।
भाइरल भिडियोमा अमिताभ बच्चनसँग भेटघाटको लागि उभिएको ओबराय परिवारसँग अभिषेक पालैपालो मिले र विवेकसँग मुस्कुराउँदै अंगालो हालेर पिठ्युमा थमथमाए यसैगरी विवेकले पनि अभिषेकको पिठ्युमा धाम मारे ।

केहि समयअगाडि मात्रै विवेकले ऐश्वर्याको तस्बिरलाई तीनजना अलग–अलग व्यक्तिसँग देखाएर सेयर गरेका थिए । उनले सलमानको फोटोसँग भएको ऐश्वर्याको फोटोमा ओपनिङ पोल लेखेका थिए । विवेवसँगको फोटोमा एग्जिट पोल लेखेका थिए भने अभिषेक र उनकी छोरीसँगको फोटोमा रिजल्ट लेखेका थिए । उनले मन परेर सेयर गरेको भनेर स्पस्टीकरण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण