काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर भएन: विकास समिति
काठमाडौं– संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो ।
समितिकी सभापति कल्याणी खड्काले स्थानीयको मागलाई सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिने पनि बताए । त्यसका लागि सिस्डोल र बञ्चरेडाँडाका सरोकारवाला सबै निकायसँग विस्तृतमा छलफल गर्ने समितिको योजना छ । समितिले सो ठाउँका जनताको जग्गाको उचित मुआब्जा नदिने, फोहोरको पहिरोबाट बाटो अवरोध हुँदा स्थानीय मारमा पर्नुपर्ने, फोहोरका कारण स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेगरी सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।
नुवाकोटकी सांसद विन्दा पाण्डेले सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी सो समस्याको दीर्घकालीन समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीयवासीको माग सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न आफूले समेत सरकारको पटकपटक ध्यानाकर्षण गराएको पनि स्मरण गराए ।
काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिस्डोलमा फोहोरको पहिरोबाट त्यहाँको सडक समेत अवरुद्ध भएपछि स्थानीयबासी झनै मारमा परेका छन् । विकास समितिले स्थलगत अवलोकन गरी स्थानीयबासीको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई सचेत गराउन सो क्षेत्रको स्थलगत अवलोकनको कामलाई पुनः सुरु गरेको हा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण