सिरहाबाट तीन दिनमा २ कर्मचारी अख्तियारको नियन्त्रणमा
बिहीबार, २६ भदौ २०७६, १७ : २०
सिरहा– सिरहामा तीन दिनको अवधिमा अख्तियारले दुई जनालाई घुससहित पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाका सवारी चालकलाई घुस रकमसहित बिहिवार अपरान्ह अख्तियारले पक्राउ गरेको छ । मंगलबार पनि विद्युत प्राधिकरण सिरहाका एक कर्मचारी छेदिलाल साहलाई ८० हजार घुससहित पक्राउ गरेको थियो ।
जिल्ला अदालत सिरहाका न्यायाधीशको सवारी चालक बृजमोहन यादवलाई सिरहाकै खड्का होटलबाट एक लाख १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिबास महोत्तरी कार्यालयले पक्राउ गरेको हो ।
सेवाग्राहीसँग न्यायाधीश मिलाएर मुद्दा जिताउने शर्तमा उनले घुस रकम लिएको अख्तियारले जनाएको छ । यादव सिरहा जिल्ला अदालतका ३ नम्वर न्यायधीशका सवारी चालक रहेको बुझिएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिवास लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण