फिलिपिन्समा ठगीको आरोपमा २ सय ७७ जना चिनियाँ नागरिक पक्राउ

मनिला– फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ ।
अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु मनिलास्थित चिनियाँ राजदूतावासको सूचनाका आधारमा पक्राउ परेको पनि मोरेन्टेले बताए ।
चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् ।
मोरेन्टेले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद चार जना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ । तर गैरकानुनी अनलाइन व्यवसाय सञ्चालन गरेको भेटिएपछि अरु २७३ जना पक्राउ परेको मोरेन्टेले बताए ।
चिनियाँ अधिकारीहरुका अनुसार चीनमा ठूलो मात्रामा ठगी धन्धामा संलग्न केही व्यक्तिले फिलिपिन्समा आश्रय लिएका छन् । उनीहरुको पासपोर्ट समेत चीनले रद्द गरेको बताइएको छ । –एपी/photo-wikimedia/CNN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट सुरुवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति