चिकित्सा शिक्षा आयोगले कसैको दबाबमा काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन् । आयोगको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताए । उनले भने, ‘यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने– ‘यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकताअनुसार काम गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन, तर अब त्यस्तो हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह