६५ हजार घुस रकमसहित वन अधिकृत अख्तियारको नियन्त्रणमा
बिहीबार, ०२ असोज २०७६, १७ : ५७
बुटवल– नवलपरासी (सुस्ता–पश्चिम) बाट ६५ हजार घुस रकमसहित दुई जनालाई अख्तियार कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको छ । सब डिभिजन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरी ६५ हजार घुससहित पक्राउ परेका हुन् ।
उनीसँगै वन कार्यलय रहेको भवनका घरधनी मनोजकुमार शर्मालाई पनि पक्राउ गरिएको छ । सहायक वन अधिकृत चौधरीले सेवाग्राहीको मुद्धा मिलाइदिने भन्दै रकम मागेका थिए ।
उक्त रकम घरधनीमार्फत ल्याउने क्रममा प्रकाउ गरिएको छ । उनीहरुलाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । दुवैलाई अहिले बुटवलमा राखेर बयान लिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण