विक्रम ल्याण्डरसँग सम्पर्क पुनःस्थापित हुने सम्भावना अन्त्य
एजेन्सी । चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ ।
विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो । शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद भएको १४ दिन पुगेको छ ।
प्रज्ञान नामको रोभर बोकेको विक्रम ल्याण्डर सेप्टेम्बर ७ मा चन्द्रमाको सतहभन्दा २.१ किमिमाथि सम्पर्कविच्छेद भएको थियो । विक्रम ल्याण्डरलाई भारतको महत्त्वकाँक्षी चन्द्रयान–२ अभियानले चन्द्रमाको कक्षमा पुर्याएको थियो ।
सम्पर्क टुटेदेखि नै उक्त ल्याण्डर पठाएको भारतीय अतरिक्ष अनुसन्धान संगठन(इसरो)ले त्योसँग सम्पर्क पुनर्स्थापित गर्ने प्रयास गरिरहेका थिए । तथापि शनिबार यसको समय सकिनेछ ।
सम्पर्क टुटेको भोलिपल्ट इसरोले ल्याण्डरलाई चन्द्रमा सतहमा देखेको सार्वजनिक ग¥यो । चन्द्रयान–२ को अर्विटरमा रहेको क्यामेराले ल्याण्डरलाई देखेको थियो ।
तस्विरमा ल्याण्डर सग्लो, नटुक्रिएको र केही ढल्किएको अवस्थामा देखिएकाले इसरो अधिकारीहरुले त्यसमा पुनःसम्पर्क हुने सम्भावना व्यक्त गरेका थिए ।
तर ल्याण्डरलाई सुचारु राख्ने व्याट्रीको उर्जा सकिएकाले अब त्यसको सम्भावना अन्त्य भएको छ ।
विक्रम–ल्याण्डरलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएर भारत चन्द्रमामा मानव निर्मित यान ओराल्ने चौथो राष्ट्र बन्न चाहन्थ्यो ।
यसअघि अमेरिका, रुस र चीनले मात्र यो सफलता हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण