ट्रम्पविरुद्ध महाभियोगको औपचारिक प्रक्रिया सुरु
अमेरिकाको प्रतिनधि सभाकी प्रवक्ता नेन्सी पलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् ।
डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया सुरु गरेको छ ।
उनीमाथि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाईडन र उनका छोराविरुद्ध भ्रष्टाचारको दाबीमाथि अनुसन्धान सुरु गर्न दबाब दिइएको आरोप छ, जसलाई ट्रम्पले अस्विकार गर्दै आएका छन् ।
यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग चर्चा गरेको भने स्विकारेका छन् ।
नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको घोर उल्लंघन गरेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफ दिन तयार हुनुपर्छ, कानूनभन्दा माथि कोही पनि छैन ।’

Photo: Getty Image
ट्रम्पलाई पदबाट हटाउने कुनै पनि कोसिसका लागि २० रिपब्लिकन सांसदको आवश्यकता पर्छ ।
अहिलेसम्म अमेरिकाका कोही पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन ।
जो बाइडनले पनि महाभियोगको सुरु भएको प्रक्रियालाई समर्थन गरेका छन् । उनले भने, ‘ट्रम्पमाथि महाभियोग चलाउनु दुर्भाग्यपूर्ण हुनेछ, तर उनको आफ्नै व्यवहारले यस्तो गर्नुपरेको हो ।’
पूर्व उपराष्ट्रपति जो बाइडन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई टक्कर दिन सक्छन् ।
ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा ‘सकारात्मक हुने’ बताएका छन् ।
तल्लो सदनमा १४५ देखि २३५ डेमोक्रेट्स महाभियोगको समर्थनमा भएको बताइन्छ ।
तर महाभियोगको प्रक्रिया तल्लो सदनबाट पारित भए पनि यो रिपब्लिकनको बहुमत भएको सिनेटबाट पास हुन मुश्किल छ र ओपिनियन पोलका अनुसार अमेरिकाका मतदाताबीच यो खासै लोकप्रिय छैन ।

Photo: Reuters
के हो पूरा घटना ?
गत हप्ता अमेरिकाको गुप्तचर अधिकारीले सरकारका एक वाचडगलाई ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेको बारे जानकारी दिएका थिए । पछि ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुन् भनेर पत्ता लाग्यो ।
इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना प्रदाता (ह्विसल ब्लोअर) को उक्त जानकारी ‘तत्काल ध्यानमा लिन योग्य’ र विश्वसनीय मानेका थिए । उक्त जानकारीको कपीलाई डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसको प्रति प्रदान गर्न अस्विकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण