नग्न फोटोसुटपश्चात् नायिका ईशा गुप्ताले भनिन्, ‘सबै पाखण्डी हुन्’
नायिका ईशा गुप्ता आजकाल आफ्नो नयाँ फिल्म ‘बादशाहो’ भन्दा बढि आफ्नो फोटोसुटका कारण चर्चामा छिन् । इन्स्टाग्राममा नग्न फोटोका कारण उनले आपत्तिजनक र भद्दा कमेन्टको सामना गर्नुपर्यो । यद्यपी, अब ईशाले पनि आफ्ना आलोचकलाई कडा जवाफ दिएकी छिन् ।
यी सबै कुराका लागि आफू पहिले नै तयार भएको बताउने ईशा भन्छिन्, ‘मलाई लाग्दैन कि मेरो तस्बिरमा केही अश्लिलता छ । यो मेरो शरिर हो । हाम्रो देशमा महिलामाथि नै सधैं आरोप लगाइन्छ । मलाई थाहा थियो कि मैले पनि मानिसहरुको रिसको सामना गर्नुपर्छ । मैले पहिले पनि यस्तो प्रकारको फोटोसुट गराएकी थिएँ जब म मोडलिङ गर्दथें । म त्यतिबेला पनि नग्न र टपलेस हुने गर्दथें तर त्यतिबेला मानिसहरुले मलाई कहिले पनि यस्ता प्रश्न सोधेनन् ।’
ईशाका अनुसार यदि कोही महिला बोल्ड हुन्छिन् भने पुरुषलाई समस्या हुन थाल्छ । उनीहरुलाई यस्तो लाग्छ कि कसैले उनको पुरुषत्वलाई चुनौती दिइरहेका छन् । उनी भन्छिन्, ‘यस्ता मानिसहरु कपटी र पाखण्डी नै हुन्, जो आफ्नो मोबाइलमा सधैं यस्ता फोटो सेभ गर्दछन् । हामी अजन्ता, एलोरा र कामसूत्र भएको देशमा बस्छौं जहाँ कुनै महिलाको फोटोसुट उनी आफैंको इच्छाशक्तिमा निर्भर हुन्छ ।’
उनी थप्छिन्, ‘मेरो तस्बिर हेरेर समस्यामा पर्ने मानिसहरु को हुन् ? यो मेरो शरिर हो र उक्त सुट कलात्मक तरिकाले गरिएको छ । एउटा पातलो रेखा छ जुन नाघेपछि तपाईं अश्लिल देखिन थाल्नुहुन्छ तर मेरो तस्बिरमा कुनै अश्लिलता छैन । मैले घृणाभन्दा धेरै प्रेम पाएकी छु । मानिसहरुले मलाई घृणा गर्नुको साटो बिर्सिएकै राम्रो ।’
ईशा गुप्ता अहिले आफ्नो नयाँ फिल्म बादशाहोको प्रोमोशनमा व्यस्त छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण