लिभरपुल र युनाइटेड विजयी
इङ्लिस प्रिमियर लिगको बलिया टोली लिभरपुल र म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लिभरपुलले दोस्रो श्रेणीको क्लब मिल्टन केनिस डन्सलाई २–० गोलले हरायो । म्यानचेस्टर युनाइटेडले पनि दोस्रो श्रेणीको रोचदाले क्लबलाई टाईब्रेकरमा ५–३ गोलले पराजित गर्यो ।
लिभरपुलको जितमा जेम्स मिल्नर र किजाना होइभरले गोल गरे । ४१औं मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि ६९औं मिनेटमा होइभरले गोल गर्दै लिभरपुलको जित पक्का बनाए ।
अर्काे खेलमा युनाइटेड र रोचदालेले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयमा युनाइटेडका लागि । ६८औं मिनेटमा मासन ग्रीनवुडले गोल गरे । त्यसपछि रोचदालेका ७६औं मिनेटमा लुकी म्याथिन्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा युनाइटेड भाग्यमानी बनेको थियो ।
बुधबार रातिनै भएको अन्य खेलमा चेल्सीले ग्रिम्सवीलाई ७–१ गोलको फराकिलो अन्तरले हरायो । एस्टन भिल्लाले ब्राइटनलाई ३–१, अक्सफोर्ड युनाइटेडले वेस्टहामलाई ४–०, सन्डरल्यान्डले सेफिल्ड युनाइटेडलाई १–० र वल्भरह्यामटन वान्डरर्स रिडिङलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै चौथो चरणमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण