दुईसय यात्रु बोकेर उडेको इन्डिगो विमान ठूलो दुर्घटना हुनबाट बच्यो
सोमबार, १३ असोज २०७६, १३ : २१

पणजी– भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए ।
इन्डिगोको ६–ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुशल अवतरण गराएका थिए ।
इन्डिगोका तर्फबाट जारी गरिएको वक्तव्यमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ । वक्तव्यमा सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको पनि जनाइएको छ । –एएनआई/ Photo Credit: PTI
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाद्वारा संसद् बहिष्कार
-
पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण
-
लुम्बिनी प्रदेशसभाको बैठक २ घण्टा पछि सर्यो
-
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
-
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन