पोखरामा लागू औषधसहित ३ जना पक्राउ
मङ्गलबार, १४ असोज २०७६, १८ : २५
पोखरा– लागू औषधसहित पोखरामा ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्धचोकमा शंकाष्पद अवस्थामा हिँडिरहेको अवस्थामा उनीहरुलाई समातेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ३ को साथबाट १५ ग्राम खैरो हिरोइन लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । शंका लागेर झोला चेकजाँज गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ फूलबारीका २२ वर्षीय नारायण कार्की, पोखरा १० रामघाटका ४३ वर्षीय खिलेन्द्र गुरुङ र पोखरा १० बुद्धचोकका २३ वर्षीय विवेक खड्का रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धाको काम भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक