त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो । गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरेको थियो ।
समितिले आफ्नो सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘समितिले तीन जनाको नाम सिफारिस गरेको छ’ मन्त्री पोखरलेले भने, ‘अव त्रिविले चाँडै उपकुलपति पाउने छ ।’
पोखरेलका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनामा डा.भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेल छन् ।
तीमध्ये एक जनालाई सरकारले त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्त गर्नेछ । त्रिविको उपकुलपति हुन एक दर्जन बढीले आकांक्षा देखाएका थिए । आकांक्षीहरुले विभिन्न शक्तिकेन्द्र समेत गुहारे पनि अन्ततः कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस भएको हो ।
डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने डा. बास्कोटा तत्कालीन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनले हालैमात्र अवकास पाएका थिए ।
डा. पौडेल त्रिविकै पूर्वरजिष्ट्रार हुन् । उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा समेत नियुक्त गरेको थियो ।
यसअघि निमित्त उपकुलपतिको जिम्मेवारी पाएकी सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण