विप्लव समूहका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीले गरे आत्मसमर्पण
सर्लाही । नेत्र विक्रम चन्द, विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।
आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८ कुशमारी बैलवासका ४६ वर्षीय भीमबहादुर आलेले शुक्रवार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसर्पण गरेको हो ।
विप्लव समूहले गर्दै आएको क्रियाकलापहरूमा हामीलाई चित नबुझेको भन्दै आजकै मितिदेखि उक्त समूह परित्याग गरी जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत नेपाल सरकारसमक्ष आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
अब उप्रान्त हामीले नेपालको संविधान र प्रचलित कानूनविपरीतका कुनै पनि कार्य गर्ने गराउने छैनौँ र त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय भोग्न तयार रहेको भन्दै लिखित रूपमा दुवै जनाले कागजातसमेत बनाएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।
आत्मसमर्पण गरेका दुवै जना गएको असोज १० गतेका दिन सर्लाही सदरमुकाम मलङ्गवाको शिवसागर चौकबाट पक्राउ परेको थियो । प्रहरी हिरासतमै दुवैजनाले विप्लव समूह प्रत्याग गरी आत्मसर्मपण गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कानुनी प्रक्रिया पूरा गरेर छाडिएको सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।
विप्लव समूह परित्याग गरेका दुवै जना आज साँझ नै सरकारको नेतृत्व गर्ने नेकपा पार्टीमा प्रवेश गरेका छन् । दुवैजनालाई नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले पार्टी प्रवेश गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण