भारतीय नोटसहित एक जना पक्राउ, पटका पनि बरामद
बर्दिवास–सशस्त्र प्रहरीबलले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी मटिहानी नगरपालिका–८ घर भएका २२ वर्षीय राजकुमार साह रहेका छन् । साह शनिवार राती ज७ प ३३९५ नम्बरको मोटरसाइकल चढी मटिहानीबाट जलेश्वर जाँदै थिए ।
सो क्रममा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै पुगेपछि गस्तीमा खटिएका सशस्त्र प्रहरीले शंकाको आधारमा चेक जाँच गर्दा उनी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए । सशस्त्र प्रहरीले उनको साथबाट स्रोत नखुलेको तीन लाख भारतीय रुपैया बरामद गरेको हो ।
पक्राउ परेका साह अवैधरूपमा नेपाली र भारुको सटही कारोवारमा संलग्न रहेको र उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको बताइएको छ ।
यसैबीच सशस्त्र प्रहरीले पटका पनि बरामद गरेको छ । दिपावली तथा छठ पर्वलाई लक्षित गरी शनिवार राती भारतबाट नेपाल तर्फ ल्याउदै गरेको पटाका महोत्तरीको सम्सी बेसक्याम्पको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण