रौतहटमा गोली चल्यो, एक युवकको हत्या
रौतहट– रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट दुुई मिटर टाढा रहेको भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेका थिए । उनीहरुले ती युवकमाथि केहीबेरको भनाभनपछि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।
मृतकको हालसम्म सनाखत हुुन सेकेको छैन । गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने डिएसपी कार्कीले जानकारी दिए । हाल मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लैजाने तयारी भैहरको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण