वर्तमान व्यवस्था सबैको साझा हो : उपसभापति गच्छदार
मोरङ नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत गर्न सबैको बराबरी दायित्व भएको बताए । उनले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने सुझाव दिँदै काङ्ग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले सहमति, सहकार्य र एकताको सन्देश गएको बताए ।
उपसभापति गच्छदारले नेपालको संविधान साझा दस्तावेज भएकाले यसको रक्षा गर्न सत्तापक्ष र प्रतिपक्षले दायित्व लिनुपर्ने बताए । ‘लोकतन्त्र कसैको निगाह र दयाले नभई जनताको बलिदानबाट आएकाले यसलाई मास्छु कसैले भन्छ भने त्यो सपना मात्र हुनेछ’, उपसभापति गच्छारको भनाइ थियो । उनले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाइ राख्दै अहिलेको सरकार दुई तिहाइ बहुमतको भएकाले विकास र शान्तिले सार्थकता पाउनेमा आफू आशावादी रहेको चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण
-
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
-
मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने
-
उपल्लो दरवाङको सडक अठार वर्षपछि कालोपत्र
-
केयूको आयोजनामा साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै
-
बागमती प्रदेशको बजेट आकार घट्ने