भाइरल : विद्यार्थीलाई चिट चोर्नबाट रोक्न यस्तो काइदा
आइतबार, ०३ कात्तिक २०७६, १० : २७
एजेन्सी । भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ ।
कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ ।
मिडियामा आएको समाचार अनुसार यो निजी कलेजमा पछिल्लो वर्ष निक्कै परिक्षामा चोरी भएको थियो । त्यसैलाई मध्यनजर राखेर कलेज प्रशासनले यो पटक चोरी रोक्नको लागि यो तरिका अपनाएको हो ।
यो घटनाको तस्विर मिडियामा बाहिरिए पछि राज्यको शिक्षा प्रशासन भने रुष्ट बनेको छ । कर्नाटक सरकार अन्तर्गतको शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजेले यस सम्बन्धमा कलेजसँग प्रश्न गरिएको जानकारी दिए । पिराजेले सन्तोजषजनक जवाफ नआएमा कलेजको मान्यता रद्द गरिने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण