हिमालय एयरलाइन्सले शुरु ग-यो काठमाडौं बेइजिङ सिधा उडान, मन्त्रीले दिए शुभकामना
आइतबारदेखि हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान थालेको छ ।
उडान थालेको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शुभकामना दिँदै काठमाडौ बेइजिङ सिधा उडानले नेपाल पर्यटन बर्ष २०२० मा चिनियाँ पर्यटक भित्राउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गरेको हो ।
निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्स नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान विमान हो । कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान थालेको हो । सातामा तीन उडान गर्ने कम्पनीले जनाएको छ ।
विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिक रूपमा सञ्चालनमा आएको थियो । बेइजिङ अन्तरराष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएन । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले पनि छिट्टै चीनको राजधानी बेइजिङ उडान भर्ने योजना बनाएको छ ।
हिमालयले बेइजिङसँगै सन २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बेइजिङ बाहेका यी शहरमा नोभेम्बरभित्रै उडान शुरु गर्ने बताएको छ । हिमालयले गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा पनि उडान विस्तार गर्ने योजना बनाएको छ ।
चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्दर्भमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण