नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ
झापा– भारतबाट नेपाल आएर चोरीमा संलग्न एक नामुद चोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए । साह भारतको सिलगडीका भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डीएसपी मोहन थापाका अनुसार साह नेपाल भारत सीमावर्ती जिल्ला झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा चोरीमा संलग्न रहेको खुलेको छ ।
पक्राउपछि शुक्रबार चोरीमा संलग्न साहलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनी भारतबाट नेपाल आउदा भन्सार तिरेर ६० लाखको महिन्द्रा गाडी चढेर आउने गरेको समेत भेटिएको छ ।
‘महंगो गाडी चढेर नेपाल आउने, धनाढ्यहरुको घर रेकी गर्ने र कोही नभएको मौका पारी चोर्ने गरेको भेटिएको छ’ इलाका प्रहरी प्रमुख थापाले भने, ‘साहले चोरी गरेकै रकमबाट ६० लाख पर्ने गाडी चढेको समेत अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीले साहलाई १२ कार्तिक गते सिसिक्यामेराको फुटेजका आधारमा विर्तामोडस्थित एक लजबाट पक्राउ गरेको जनाएको छ । सहाले विर्तामोड ५ बस्ने ललिता सापकोटा, गीता पौडेल, मधुगुप्ता लगायतका घरमा चोरी गरेको प्रहरीले जनाएको छ । उनका साथबाट प्रहरीले चोरी गरेका केही सामानपनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण