चेल्सीलाई उछिन्दै लेस्टर तेस्रो स्थानमा
लेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोेलले हराउँदै लेस्टर तेस्रो स्थानमा उक्लिएको हो । यस जितसँगै लेस्टरले अंक तालिकामा चेल्सीलाई उछिनेको छ ।
लेस्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । घरेलु मैदानमा लेस्टरलाई जिताउन कागलर सोयुन्चु र जेमी भर्डीले गोल गोल गरे । ५७औं मिनेटमा सोयुन्चुले कर्नरबाट प्राप्त बलमा हेड गोल गरेका थिए । ८८औं मिनेटमा जेमी भर्डीले गोल गर्दै लेस्टरको जित पक्का बनाए । जेमीले आन्द्रे ग्रेको पासमा गोल गरेका थिए ।
जितसँगै लेस्टरले ११ खेलबाट २३ अंक बनाएको छ । समान २३ अंक बनाएको चेल्सी गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ । १५ अंक बनाएको क्रिस्टल प्यालेस नवौं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ अंक छ ।
यसैगरी लिगको अर्को खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा टोट्टनहामले एभर्टनसँग अंक बाँडेको छ । टोट्टनहाम र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । टोट्टनहामले ६३औं मिनेटमा डेल अलीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ८९औं मिनेटमा टोट्टनहाम १० खेलाडीमा समेटियो ।
एभर्टनका आन्द्र गोमेजलाई फल हानेपछि टोट्टनहामका सन हेउङ मिन रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि जोसिएको एभर्टनले खेलको अन्तिममा बराबरी गोल फर्कायो । एभर्टनका लागि सेन्क टोसुमले गोल गर्दै टोलीको हार टारेका थिए । यस बराबरीसँगै ११ खेलबाट १३ अंक बनाएको टोट्टनहाम ११औं स्थानमा छ । ११ अंक बनाएको एभर्टन १७औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण