चेल्सीलाई उछिन्दै लेस्टर तेस्रो स्थानमा

लेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोेलले हराउँदै लेस्टर तेस्रो स्थानमा उक्लिएको हो । यस जितसँगै लेस्टरले अंक तालिकामा चेल्सीलाई उछिनेको छ ।
लेस्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । घरेलु मैदानमा लेस्टरलाई जिताउन कागलर सोयुन्चु र जेमी भर्डीले गोल गोल गरे । ५७औं मिनेटमा सोयुन्चुले कर्नरबाट प्राप्त बलमा हेड गोल गरेका थिए । ८८औं मिनेटमा जेमी भर्डीले गोल गर्दै लेस्टरको जित पक्का बनाए । जेमीले आन्द्रे ग्रेको पासमा गोल गरेका थिए ।
जितसँगै लेस्टरले ११ खेलबाट २३ अंक बनाएको छ । समान २३ अंक बनाएको चेल्सी गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ । १५ अंक बनाएको क्रिस्टल प्यालेस नवौं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ अंक छ ।
यसैगरी लिगको अर्को खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा टोट्टनहामले एभर्टनसँग अंक बाँडेको छ । टोट्टनहाम र एभर्टनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । टोट्टनहामले ६३औं मिनेटमा डेल अलीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ८९औं मिनेटमा टोट्टनहाम १० खेलाडीमा समेटियो ।
एभर्टनका आन्द्र गोमेजलाई फल हानेपछि टोट्टनहामका सन हेउङ मिन रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि जोसिएको एभर्टनले खेलको अन्तिममा बराबरी गोल फर्कायो । एभर्टनका लागि सेन्क टोसुमले गोल गर्दै टोलीको हार टारेका थिए । यस बराबरीसँगै ११ खेलबाट १३ अंक बनाएको टोट्टनहाम ११औं स्थानमा छ । ११ अंक बनाएको एभर्टन १७औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग
-
‘इनिस्पेक्टर’हुँ भन्दै ठग्ने र स्कुटर चोर्ने गिरोहसहित आठ जना पक्राउ
-
मेची भन्सारबाट दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन