पहिलो ‘म्यारिज एनिभर्सरी’भन्दा तीन दिन पहिले नै बिरामी परिन् दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोन पहिलो विवाह वर्षगाँठ पूरा हुनुभन्दा तीन दिन अगाडि विरामी परेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू बिरामी भएको कुरा खुलाएकी हुन् ।
उनी केहि दिन अगाडि आफ्नी साथी उर्वशीको विवाहमा बंगलोरमा थिइन् । उनले केही फोटो र भिडियो सेयर गर्दै विवाहमा गरेको मस्तीका कारण विरामी भएको बताएकी छिन् ।
तस्बिरमा दीपिकाको आँखा सुन्निएको देखिन्छ । उनले फोटोमा थर्मोमिटर पनि इन्सर्ट गरेर राखेकी छिन् । तस्बिरसँगै ‘जब साथीको विवाहमा भरपूर मनोरञ्जन गरिन्छ’ भनेर लेखेकी छिन् ।
दीपिकाले अघिल्लो वर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन् । गत वर्ष नोबेम्बर १४ मा वैवाहिक जीवनमा बाँधिएकी दीपिकाले ४ वटा विवाह रिशेप्सन पार्टी दिएकी थिइन् ।
विवाह वर्ष गाँठको तीन दिन अघि मात्र बिरामी भएकी दीपिकाको विवाह वर्ष गाँठको दिन कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
-
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु
-
कर्णालीमा सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
-
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
-
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
-
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत देला ?