पहिलो ‘म्यारिज एनिभर्सरी’भन्दा तीन दिन पहिले नै बिरामी परिन् दीपिका
बलिउड अभिनेत्री दीपिका पादुकोन पहिलो विवाह वर्षगाँठ पूरा हुनुभन्दा तीन दिन अगाडि विरामी परेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफू बिरामी भएको कुरा खुलाएकी हुन् ।
उनी केहि दिन अगाडि आफ्नी साथी उर्वशीको विवाहमा बंगलोरमा थिइन् । उनले केही फोटो र भिडियो सेयर गर्दै विवाहमा गरेको मस्तीका कारण विरामी भएको बताएकी छिन् ।
तस्बिरमा दीपिकाको आँखा सुन्निएको देखिन्छ । उनले फोटोमा थर्मोमिटर पनि इन्सर्ट गरेर राखेकी छिन् । तस्बिरसँगै ‘जब साथीको विवाहमा भरपूर मनोरञ्जन गरिन्छ’ भनेर लेखेकी छिन् ।
दीपिकाले अघिल्लो वर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन् । गत वर्ष नोबेम्बर १४ मा वैवाहिक जीवनमा बाँधिएकी दीपिकाले ४ वटा विवाह रिशेप्सन पार्टी दिएकी थिइन् ।
विवाह वर्ष गाँठको तीन दिन अघि मात्र बिरामी भएकी दीपिकाको विवाह वर्ष गाँठको दिन कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
-
काठमाडौँको मुलपानीमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
-
गणेश नेपालीको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ वीर अस्पतालमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण