रथ यात्रा राप्रपा संयुक्तको, आकर्षण रेखाको !
जनकपुरधाम । नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बिहीबार (कार्तिक २८) देखि धार्मिक जागरण यात्रा शुरु गरेको छ । यो अभियान मङ्सिर ४ गतेसम्म चल्नेछ ।
सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले धार्मिक जागरण यात्रा सम्पन्न गर्ने जनाएको हो ।
जागरण यात्रा जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट शुरु भएर चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ ।
केन्द्रीय अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संसारमै एक मात्र सिङ्गो हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनार्थका निम्ति जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा आरम्भ गरेको जानकारी दिए ।

जनकपुरमा दुवै अध्यक्षले संयुक्त रुपमा रथ यात्राको उद्घाटन गर्दै हिन्दु राष्ट्रको लागि चरणबद्ध यात्रा सहितको संघर्षको घोषणा गरेको बताए ।
सनातन सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर मुल नारासहित जानकी बुद्ध रथ यात्रा गर्न लागेको बताउँदै पशुपति शम्शेर जबराले नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गर्न लागेको जिकिर गरे ।

उनले संसारमै हिन्दु राष्ट्रको पहिचान गुमाएकाले एकल र सिंगो नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नरहेको जिकिर गरे । उनले नेपाल हिन्दु राष्ट्र भएमा हिन्दुस्तान र चीन समेतले स्वागत गर्ने दाबी गरे ।
त्यस्तै अर्का केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाललाई हिन्दु राष्ट्र स्थापनाका निम्ति संविधानमा नै स्थापना गर्नुपर्ने हुनाले यसको लागि चरणबद्ध अभियान थालेको बताए । उनले विभिन्न शक्ति र काँग्रेस तथा नेकपाको षड्यन्त्रले गर्दा हिन्दु राष्ट्र गुमाउनु परेको बताए । उनले हिन्दु धर्म र संस्कृतिक हाम्रो पहिचान रहेकाले हिन्दु धर्म राष्ट्रका लागि अभियान थालेको स्पष्ट पारे ।

फरक प्रसङ्मामा डा. लोहनीले भारतले ०५२ सालमै अतिक्रमण गरेको लिपुलेख र कालोपानी जमिन फिर्ता गर्नुपर्ने बताए ।
जागरण अभियानको उद्घाटनामा नेपाली चलचित्रकी नायिका रेखा थापा पनि पुगेकी थिइन् । उनी कार्यक्रमको प्रमुख आकर्षण बनेकी थिइन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण