नक्कली सुनसहित २ जना पक्राउ
हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक जाँचको क्रममा भैसेबाट हेटौडातर्फ आइरहेको मोटरसाइकल रोकी चेकजाच गर्दा नक्कली सुन फेला पारेको हो ।
पक्राउ पर्नेहरुमा दोलखा जिरी नगरपालिका–३ बस्ने ४७ वर्षीय ध्यालसिंह शेर्पा र सोहि मोटरसाइकलमा पछाीड बस्ने मकवानपुर राक्सिराङ्ग गाउँपालिका–४ बस्ने अभय कुमार थिङ्ग रहेका छन् ।
चालक ध्याल सिंह शेर्पाको साथबाट SUISSE 1 kilo fine gold 999.9co2266650 लेखिएको सुनजस्तो पहेलो रङ्गको चारपाटे नक्कली सुन फेला परेको थियो ।
प्रहरीले यसअघि पनि हेटौडाका विभिन्न स्थानहरुमा नक्कली सुन देखाइ ठगी गर्ने घटनामा पनि उनीहरुको संलग्नता हुनसक्ने आशंका गरेको छ ।
नक्कली सुन र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।
यसैगरी प्रहरी उपरिक्षक सिंहले दुईवटा नक्कली लाइसेन्स सहित मकवानपुर आमभन्ज्याङ बस्ने अटो चालक शिव सञ्जेललाइ नियन्त्रणमा लिई किर्ते मुद्दामा अनुसन्धान भैरहेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण