बैङ्कबाट ऋण लिन चाहनुहुन्छ, कुन बैङ्क सस्तो पर्छ ?
तपाईं, घरजग्गा वा व्यवसाय आफ्नै होस् भन्ने चाहनुहुन्छ तर पैसा छैन । यसकारण तपाईंलाई बैङ्कबाट ऋण चाहिएको छ । यदि हो भने एउटै बैङ्कमा मात्र भर नपर्नुस् । सर्वप्रथम बैङ्कबाट ऋण लिने मनसाय हो भने नेपालमा रहेका २८ वटै वाणिज्य बैङ्कको अहिलेको आधार दरमा तपाईंले नजर डुलाउनै पर्ने हुन्छ । बैङ्कहरूले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । विवरणअनुसार उनीहरूको आधार दर घटेको देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा सरकारी बैङ्कबाहेक अन्य बैङ्कको आधार दर घटेको छ । पब्लिक बैङ्कका एनएमबीको आधारदर बढेको छ ।
आधारदर कम हुनु भनेको सामान्यतया ऋणको ब्याजदर घट्नु हो । विगतका दिनमा निकै सस्तो कर्जा प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैङ्कको आधार दर बढेको छ । यसको आधार दर ६.६० प्रतिशत पुगेको छ । सरकारी लगानीको बैङ्क भए पनि कृषि विकास बैङ्कको आधार दर दोहोरो अङ्कमा देखिएको छ । बैङ्कको आधार दर ३.८५ प्रतिशतले बढेर १०.१८ प्रतिशतमा पुगेको छ । नेपाल बैङ्कको पनि ०.३२ प्रतिशतले आधार दर बढेको छ ।
बैङ्कहरूले कृषिमा २ प्रतिशतसम्म प्रिमियम जोड्न पाउँछन् भने व्यावसायकि कर्जामा ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् ।
सबैभन्दा महँगो सिभिल र सस्तो राष्ट्रिय वाणिज्य बैङ्क
गत वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैङ्कको आधारदर बढे पनि अरू बैङ्कको तुलनामा अझै पनि ऋण लिन यही बैङ्कमा सस्तो पर्ने देखिएको छ । एकल अङ्कको आधार दर भएको आरबीबी ऋणका लागि सस्तो पर्ने देखिन्छ । सिभिल बैङ्क भने ऋणका लागि सबैभन्दा महँगो पर्ने उसको आधार दरले पुष्टि गर्छ । अहिले उसको आधार दर ११.११ प्रतिशत छ । १३ वाणिज्य बैङ्कको आधार दर दोहोरो अङ्कको छ ।
कुन बैङ्कको आधारदरर कति ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
