अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या विश्वमा १२ औं, चीन पहिलो
अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा रहेको छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ ।
अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश गरिएको छ । अगस्टदेखि मेसम्मको अवधिलाई अमेरिकामा शैक्षिक वर्षका रुपमा चिनिन्छ । यसैगरी अमेरिकामा अध्ययन गर्दै आएका भारतीयको संख्यामा पनि वृद्धि भएको छ । २०१८–१९ मा भारतबाट २ लाखभन्दा बढी विद्यार्थी पढ्नका लागि अमेरिका गएका छन् । गत वर्षको तुलनामा यो संख्या २.९ प्रतिशतले बढी हो । अमेरिकामा अध्ययनरतमध्ये विदेशी विद्यार्थी १८ प्रतिशत छन् ।
अमेरिका पढ्ने विदेशी विद्यार्थीको मामिलामा भारत चीनपछि दोस्रो स्थानमा रहेको छ । अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या साढे ३ लाखभन्दा बढी छ । हालै सार्वजनिक गरिएको एक रिपोर्टले यो खुलासा गरेको हो । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण