अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु
एजेन्सी । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ । हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुल्लाइएको छैन् । यसैबीच अफगान सरकार र गठबन्धनसेनासँग लडिरहेका तालिवानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना गोली हानेर खसालेको दाबी गरेका छन् ।
तालिबानीका कट्टर प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्विटरमार्फत अमेरिकी हेलिकप्टरले लोगारको चर्ख जिल्लाको पानग्राम इलाकामा लडाकूहरुको आखाडा आक्रमण गर्न खोजेका बताएका छन् । सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घटनामा परी एक अमेरिकी सेनाको मारिनुको साथै अन्य छ घाइते भएका थिए । –सिन्हवा/Photo: nypost.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण