महोत्तरीमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु
बुधबार, ०४ मङ्सिर २०७६, १५ : ०५
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०÷५२ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
नाम, थर, वतन नखुलेको, गहुँगोरो वर्ण, जीउडाल मोटो भएकी ती महिला भारतको हुनसक्ने प्रहरीको अनुमान छ । अचेत अवस्थामा फेला परेकी महिलालाई गए राति नै प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा सोही अस्पतालमा आज बिहान करीब २ बजे मृत्यु भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से ५ अंकले बढ्दा ३ अर्बभन्दा बढीको कारोबार
-
मधेस प्रदेशका ५० प्रतिशत नेता आफ्नो पक्षमा रहेको अशोक राईको दाबी
-
पल शाहको स्पष्टीकरण : ‘पुजार सार्की’मा छोटो भएपनि महत्त्वपूर्ण भूमिका छ
-
मुख्यमन्त्री कँडेल तीन पटक काठमाडौँ धाए, सरकारले अझै पूर्णता पाएन
-
उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : राई
-
किन फुट्यो जसपा नेपाल ? यस्ता छन् अशोक राई पक्षको तीन तर्क