कङ्गोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु
एजेन्सी । कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको छ ।
कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ । कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउने भन्दा दुई गुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि सो समाचारमा उल्लेख गरिएको छ ।
कङ्गोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको थियो । कङ्गोका स्वास्थ्य अधिकारीले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कङ्गोलीको ज्यान गएको समाचार दिएका छन् ।
कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए । तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहूँचको अभावका कारण दादुराको सङ्क्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ ।
हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त सङ्ख्या आधाभन्दा पनि कम हो । –एएफपी/Photo: Daily mail
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण