‘अग्लो रुख’मा चढे मन्त्री, खिचे सेल्फी
गुल्मीमा बनेको प्रदेश ५ कै पहिलो र नमुना ट्री हाउस (रुखमा बनाइएको घर) शनिवार प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातवरण मन्त्री लिला गिरीले उद्घाटन गरेका छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ५, ६ र ७ को संगमस्थल र सदियौँ पुरानो शक्तिपीठ खड्ग भगवती मन्दिर रहेको धार्मिक र पर्यटकीय गन्तव्य उनायचौरमा बनेको ट्री हाउसको उद्घाटनसँगै मन्त्री गिरिले धर्मपत्नी इन्दिरा गिरि, अन्य जनप्रतिनिधी तथा कर्मचारी सहित सल्लाको रुखको टुप्पोमा रहेको ट्री हाउस (जसलाई भ्यूटावार पनि भनिएको छ) मा चढेर दृश्यावलोकन गरे ।
फलामे ट्रस्टको घुमाउरो ६८ वटा भ-याङ हुँदै ४२ फिट माथि टुप्पोमा बनाइको ८ फिट गोल घरमा रहेका सिटमा बसेर उनले दक्षिण पूर्वमा अवस्थित अर्को धार्मिक र पर्यटकीय स्थल रेसुङ्गा , दक्षिणमा अवस्थित अर्जुन लेकलाई नियाले ।
पश्चिम तर्फ अर्घाखाँचीको सुन्दर गाउँ, गुल्मीको धुर्कोट उत्तरतर्फ ईस्मा र पूर्व उत्तरतर्फको मुसिकोट र बाग्लुङ्गका सुन्दर गाउँ वस्ती हुँदै माथि उच्च हिम श्रृंखला पनि त्यहाँबाट देख्न सकिन्छ ।
सो क्रममा त्यहाँ पुगेर मन्त्रीसहित प्रदेश सांसदहरु कमलराज श्रेष्ठ, खड्क केसी , दिनेश पन्थी, रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला लगायतका कमचारी र जनप्रतिनिधीहरु आपसी सद्भाव साट्दै सेल्फी खिचेका थिए ।
एक पटकमा २० जना चढ्ने क्षमता रहेको त्यस ट्री हाउसमा पछिल्लो समय आकर्षणको केन्द्र बनेको स्थानीयहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण