सन्नी लियोनका प्रशंसकविरुद्ध मुद्दा दर्ता
सन्नी लियोनका करोडौं प्रशंसक छन् तर कोच्चिमा सन्नीको एक झलक पाउनका लागि जुन भीड लागेको थियो, त्यस्तो दृश्य सायद पहिले कहिले देखिएको थिएन । जसका कारण सडकमा थुप्रै मानिसहरुले घण्टौंसम्म जाममा पनि फस्नुपर्यो ।
अब केरल पुलिसले सन्नी लियोन आउनेबेला घण्टौंसम्म सडकमा जाम बनाएका कारण सयभन्दा बढि प्रशंसकविरुद्ध मुद्दा दर्ता गरेका छन् । पुलिसका अनुसार उनीहरुलाई सन्नी लियोनको एक झलक पाउनका लागि लागेको भीडलाई व्यवस्थित गर्नका लागि अत्यधिक समस्याको सामना गर्नुपर्यो । सन्नी लियोन एक स्टोर उद्घाटन गर्नका लागि त्यहाँ पुगेकी थिइन् ।
यस्तोमा पुलिसले मोबाइल स्टोर मालिक र अन्य सयभन्दा बढि विरुद्ध सडकमा बाधा पुर्याएको भन्दै मुद्दा दर्ता गरेको छ । वास्तवमा बिहिबार एयरपोर्टबाट कार्यक्रम स्थल पुग्नुभन्दा पहिले नै सन्नी लियोनका प्रशंसकले उनको गाडीलाई यसरी घेरेका थिए कि उनको गाडी निकै बिस्तारै अगाडि बढ्नु परेको थियो । सन्नीले ट्वीटरमा एक तस्बिर सेयर गरेर यसको जानकारी दिए ।
सन्नीले लेखेकी थिइन्, ‘मेरो कार वास्तविक रुपमा प्रेमको समुन्द्रको बिचमा छ । धन्यवाद ।’ यसका साथै सन्नीले एउटा भिडियो पनि सेयर गरिन् जसमा उनी आफ्ना प्रशंसकको बिचमा घेरिएकी छिन् र मानिसहरु सन्नी–सन्नी भनेर चिच्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण