पश्चिमी वायुले चिसो बढ्यो, उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु
पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो बढेको छ। अरेबियन सागर र भारतको जम्मुकास्मिर हुँदै भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको छ।
सोमबार पूर्वी पहाडी र हिमाली भेगमा हल्का हिमपात शुरू भएको र आज मंगलबारदेखि मध्यभेग, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा पनि त्यस्तो प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम बदलिने, हवाई भिजिबिलिटी घट्ने, चिसो बढ्ने र अधिकतम तापक्रम घट्ने क्रम अझै केही दिन जारी रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।
आइतबार साँझदेखि भित्रिएको मौसमी प्रभावले उच्च भेगमा हल्का हिमपात शुरू भएको बताउँदै उनले भने– ‘मंगलबार मौसममा आंशिक सुधार भए पनि साँझदेखि फेरि अर्को मौसमी प्रभाव भित्रिँदै छ, चिसो बढ्ने र हुस्सु लाग्ने दिन शुरू हुँदै छन्।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण