राउल र रोनाल्डोलाई उछिन्दै मेस्सीको नयाँ किर्तिमान
एजेन्सी । लियोनेल मेस्सीले बार्सिलोनाका लागि ७ सयौँ खेलमा च्याम्पिन्यस लिगमा नयाँ किर्तिमान कायम गरेका छन् ।
बुधबार बारिुसिया डर्टमण्डविरुद्ध मेस्सीले क्लबका लागि ७ सयौँ खेल पुरा गरेका हुन् ।
खेलमा बार्सिलोनाले २९ औँ मिनेटमा अग्रता लिएको थियो । मेस्सीको पासमा लुइस सुवारेजले बार्सिलोनालाई अग्रता दिलाए । त्यसको केही समयपछि मेस्सीले बार्सिलोनाका लागि दोस्रो गोल थपे ।
डर्टमण्ड मेस्सीले च्याम्पियन्स लिगमा गोल गरेको ३४ औँ प्रतिद्वन्द्वी हो । यो उपलब्धि हासिल गर्ने मेस्सी एक्ला खेलाडी हुन् । यसअघि मेस्सीसँगै राउल र क्रिस्टियानो रोनाल्डोले समान ३३ प्रतिद्वन्द्वीविरुद्ध गोल गरेका थिए ।
मेस्सीले क्लबका लागि गरेको यो ६ सय १३ औँ थियो ।
दोस्रो हाफमा एन्टोनियो ग्रिजमानले बार्सिलोनाका लागि अर्को गोल गर्दै जीत सुनिश्चित गरे ।
खेलको ७७ औँ मिनेटमा जेडन सान्चोले डर्टमण्डका लागि गोल फर्काए पनि त्यो सान्तवना गोलमात्र ठहरियो ।
जीतपछि समूह एफमा ११ अंकसहित बार्सिलोना शीर्ष स्थानम ारहेको छ । प्रतियोगितामा बार्सिलोनाको यो १४९ औँ जीत हो । च्याम्पियन्स लिगमा बार्साभन्दा रियल म्याड्रिड (१५८ जीत) मात्र अघि रहेको छ । ७ अंक बटुलेको डर्टमण्ड गोल अन्तरको आधारमा समूहको तेस्रो स्थानमा रहेको छ ।
समूहकै अर्को खेलमा इन्टर मिलानले साल्भिया प्रागलाई ३–१ गोल अन्तरले पारजित गर्यो ।
इन्टरको जीतका लाउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । प्रागका लागि टोमास सोसेकले पेनाल्टीबाट एक गोल गरेका थिए ।
लुकाकुको गोल उनको करियरको २५० औँ गोल थियो ।
जीतसँगै इन्टर सात अंक बटुल्दै समूहको दोस्रो स्थानमा रहेको छ । प्राग मात्र दुई अंकसहित समूहको पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण