नेपालमा चिनियाँ उद्योग स्थापनाका लागि उत्तम बेला हो : महत
काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरणले चिनियाँ उद्योग स्थापना तथा सञ्चालनका लागि नेपाल उर्वर भूमि बन्न सक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल–चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री महतले श्रमिकलाई तिर्नुपर्ने महँगो ज्यालाका कारण अब नेपाल र नेपाली श्रमिक विकल्प बन्नसक्ने बताएका हुन् ।
उनले भने, ‘जब जब देश विकासको बाटोतिर अगाडि बढ्छ, तब श्रमिकको तलब र भत्तामा बढी रकम खर्च गर्नुपर्ने हुन्छ । त्यसकारण विकसिता मुलुकमा उद्योग सञ्चालन गर्दा लागत मूल्य बढी पर्न जान्छ । त्यसकारण विकसित देशले आफ्ना उद्योगहरु अल्पविकसित वा विकासोन्मुख देशमा खोल्ने गर्छन् । त्यसकारण चिनियाँ उद्योग सञ्चालनका लागि नेपाल एउटा उर्वर भूमि बन्न सक्छ ।’
डाक्टर महतले जापानी उद्योगको उदाहरण दिँदै भने, ‘जापान विकसित भएपछि त्यहाँका उद्योगहरु मंगोलिया, सिंगापुर, भियतनाम आदि देशमा स्थापना भए । ती देशहरु पनि विकासको चरणमा जान थालेपछि लागत मूल्य बढ्न थाल्यो र अहिले जापानले कम्बोडिया लगायतका देशमा आफ्ना उद्योग सञ्चालन गर्न थालेको छ । एप्पलले पहिले चीन र अहिले फेरि भारतमा आफ्नो उद्योग खोल्नुको कारण पनि यही लागत मूल्य र श्रमिकको तलब नै हो । त्यसकारण चीन विकासको दौडमा अगाडि बढिरहँदा श्रमिकलाई दिनुपर्ने तलब तथा भत्ताका कारण उत्पादन महङ्गो हुन थालेको छ । त्यसकारण अब चिनियाँ उद्योग सञ्चालनका लागि नेपाल उर्वर भूमि भएको छ ।’
चिनियाँ उद्योग सञ्चालनका लागि पनि नेपाल सही गन्तव्य भएको र लगानीका लागि अहिले उच्चतम समय रहेको पनि पूर्वअर्थमन्त्री महतले बताए ।
उनले भने ‘उद्योग क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ उद्योग र कम्पनीलाई म आग्रह गर्छु । नेपालमा लगानीको वातावरण राम्रो छ । यसले दुई देशको सम्बन्ध पनि अझै राम्रो बनाउँछ ।’
चीनको व्यापार विस्तारका लागि नेपाल उपयुक्त मार्ग हुने पनि महतले बताए ।
उनले भने ‘अब नेपालमा राजमार्गहरुको विस्तार गर्नुपर्ने बेला भएको छ । नेपालमा राजमार्गको विस्तार हुन सके नेपालको बाटो हुँदै दक्षिण एसियामा व्यापार गर्न सकिन्छ र त्यसका लागि मिडियाले भूमिका खेल्न सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण