टोट्टनहामलाई युनाइटेडको झट्का
मार्कुस रासफोर्ड चम्किएपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहाममाथि रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले टोट्टनहामलाई २–१ गोलले हरायो । यसहारले टोट्टनहामलाई नमिठो झट्का लागेको छ । जितसँगै २१ अंक बनाएको युनाइटेट टोट्टनहामलाई पछि पार्दै छैटौं स्थानमा छ । २० अंक बनाएको अठौं स्थानमा झरेको छ । टोट्टनहामले जोसे मोउरिन्होको प्रशिक्षणमा खेलेको चार खेलमा पहिलो हार खेपेको हो ।
युनाइटेडको जितमा दुवै गोल रासफोर्डले गरेका थिए । छैटौं मिनेटमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काएका थिए । ४९औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई फेरी अगाडी बढाए । त्यसपछि थप गोल नहुँदा युनाइटेडले बाजी मारेको थियो ।
बुधबार रातिनै भएको अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ गोलले हराएको छ । चेल्सीको जितमा टमी अब्राहम र मेसन माउन्टले गोल गरे । एस्टनका लागि ट्रेजग्वेस्टले एक गोल फर्काएका थिए । जितसँगै चौथो स्थानमा रहेको चेल्सीको २९ अंक छ । एस्टन १५ अंकसहित १५औं नै स्थानमा छ । अर्को खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–१ र वल्भ्सले वेस्टहाम युनाइटेडलाई २–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण