... त्यसो भए अब चुम्बनका दृश्य गर्ने छैनन् इमरान हाशमी !
बलिउड नायक इमरान हाशमीले उनले करियरको सुरुवातमा पाएको सिरियल किसरको परिचयलाई निकै पहिले बर्सिसकेको र पछिल्ला केही वर्षमा उनले आफ्नो यो पुरानो छवीभन्दा निकै फरक भूमिका निभाएका छन् ।
आफ्नो नयाँ फिल्म ‘बादशाहो’ को प्रोमोशनको क्रममा हाशमीले भने, ‘आफ्नो करियरको सुरुवातमा मैले सिरियल किसरको उपाधि पाएको थिएँ । तर मैले यो परिचयलाई निकै पहिले बिर्सिसकेको छु । जब समाचारमा मेरा लागि यो उपाधिको प्रयोग गरिन्छ तब म हाँसिदिन्छु र यसले मलाई मनोरञ्जन प्रदान गर्छ ।’
उनले ठट्यौली पारामा भने, ‘म सोचिरहेको छु कि मेरो नयाँ फिल्मको सम्झौतामा अब म चुम्बनका दृश्य गर्दिन भन्ने शर्त जोड्नुपर्ला ।’
विक्रम भट्टको थ्रिलर फिल्म ‘फुटपाथ’ (सन् २००३) बाट आफ्नो अभिनय करियरको सुरु गरेका हाशमीले भने, ‘मिडियाको हेडलाईनमा मलाई सिरियल किसरको उपाधि दिइएता पनि आवारापन, जन्नत, वान्स अपन अब टाइम इन मुम्बई, शंघाईजस्तो फिल्ममा यो पुरानो परिचय कतै पनि देखिन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण