गढीमाई मेला विगतका भन्दा शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ : आईजीपी खनाल
बारा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सबै पक्षको सहयोगले गढीमाई मेला शन्तिपूर्ण तरिकाले सम्पन्न हुन लागेको बताएका छन् । बारा बरियारपुरस्थित गढिमाई मेलामा शुक्रबार दर्शन पश्चात सञ्चारकार्मी सँग मेला बिगतको भन्दा शान्तिपूर्ण रहयो उनले बताए ।
नेपाल प्रहरी सशस्त्र प्रहरी ,स्थानीय प्रशासन , मेला समिती, जनप्रतिनिधि सबैको सहयोग र सक्रियताले मेलामा कुनै अप्रिय घटना नभएको आईजीपी खनालले बताए ।
गत मङ्सिर १ गतेदेखि सुरुभएको मेलामा हालसम्म ४० लाखभन्दा बढीले दर्शन गरिसकेको प्रहरीको अनुमान छ ।
गढीमाई स्थानमा ८५०० राङा र खसिगरी ५० हजर बढी बली दिइएको मेला समितिले जनाएको छ । गढिमाई मेला मङ्सिर महिनाभरी रहने गर्द्छ । गत सोमबार , मङगलवार, बुधबार सबैभन्दा बढी भिड थियो । हाल दैनिक २० हजारभन्दा बढी भक्तजनले दर्शन गरिरहेका छन् ।
मेलामा सुरक्षाको निमित्त करिब एक हजार नेपाल नेपाल प्रहरी र सोही हाराहारी मा सशस्त्र प्रहरी खटेको बारा प्रहरी प्रवक्ता डिएसपी रन्जित सिंह राठौरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण