आगलागी पीडितलाई १४ अर्ब डलर भुक्तानी गर्न सहमति
वासिङ्टन । संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पिजिई) कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ ।
गत वर्षको यस वन डढेलोबाट उत्तरी क्यालिफोर्नियामा दर्जनौं व्यक्तिको मृत्यु हुनुका साथै दशौं हजार घर ध्वस्त भएका थिए । उत्तरी क्यालिफोर्नियामा ‘क्याम्प फायर’ नाम दिइएको उक्त डढेलो पिजिई कम्पनीले निर्माण गरेको विद्युतीय प्रशारण लाइनमा आएको गडबडीले भएको आरोप छ ।
प्रशारण लाइनबाट निस्किएका आगोका झिल्काकै कारण जंगलमा आगो सल्किएको अनुसन्धानबाट खुलेको थियो । अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक मानिएको यस डढेलोबाट ८६ जनाको जलेर मृत्यु भएको थियो । अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार पिजिई कम्पनीले भुक्तानी गर्नुपर्ने रकमका बारेमा संघीय न्यायाधीशले फेरि सुनुवाई गर्नुपर्ने छ ।
पीडितको प्रतिनिधित्व गर्ने सान फ्रान्सिस्कोको बेकर होस्टेट्लरका वकील रोबर्ट जुलियानले पीडितको पक्षमा भएको फैसलाबाट आफूहरु उत्साहित भएको बताए । वन डढेलाका पीडितहरु आफ्ना घर, व्यवसाय र आफन्त गुमाएर ठूलो चोटमा परेको उहाँको भनाई थियो । पछिल्लो निर्णयबाट पीडितहरुलाई थोरै भए पनि राहत मिल्नेछ ।
पीडितका तर्फबाट अदालतमा दायर गरिएको मुद्दामा पिजिईका उपकरणहरुकै कारण जंगलमा आगलागी भएको र व्यापक विनाश भएको आरोप लगाइएको छ । -एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण