स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागीः मृतकको संख्या ४३ पुग्यो
भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान पाँच बजेर २२ मिनेटमा भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए ।
रिपोर्टका अनुसार आवासीय क्षेत्रमा बनाइएको कारखानाभित्र ५९ जनाको उपस्थिती थियो जसमा अधिकांश मजदुर थिए । धेरैजसोको मृत्यु निस्सासिएका कारण भएको हो ।
कारखानामा १२–१५ मसिन राखिएका थिएः स्थानीय व्यक्ति
एक व्यक्तिले आफ्नो भतिजो त्यही कारखानामा काम गर्ने बताउँदै उनीबारे केही जानकारी नभएको बताएका छन् । कारखानाभित्र १२ देखि १५ वटा मसिन राखिएको बताइएको छ । उक्त कारखानामा स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएको बताइएको छ ।
डाक्टरको समूहले घाइतेको उपचार गरिरहेको छः
दमकल विभागका अनुसार आगो आइतबार बिहान ५ बजेर २२ मिनेटमा लागेको हो । ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थलमा उपस्थित छ । यस्तै, लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले अहिलेसम्म १४ जनाको शव भेटिएको र डाक्टरको समूहले लगातार घाइतेको उपचार गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण