सागको फाइनलमा नेपाल प्रवेश गर्दा दशरथ रंगशालामा जे देखियो (फोटोफिचर)
काठमाडौं । नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जितका लागि खेलको ११ औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो। सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका थिए ।
त्यसपछि पनि नेपालको केही गोलका अवसर सदुपयोग हुन सकेन। यता पहिलो हाफमा पछिल्लो १५ मिनेट बंगलादेशले दबाबमा थियो । दोस्रो हाफमा १५ मिनेटसम्म नेपालले बलमा नियन्त्रण जमायो ।
त्यसपछि भने केहीबेर बंगलादेशले दबाब बनायो । तर बंगलादेशले गोल गर्न भने सकेन । जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो छ। अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग आगामी मंगलबार खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ