सागको फाइनलमा नेपाल प्रवेश गर्दा दशरथ रंगशालामा जे देखियो (फोटोफिचर)
काठमाडौं । नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितका लागि खेलको ११ औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो। सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका थिए ।

त्यसपछि पनि नेपालको केही गोलका अवसर सदुपयोग हुन सकेन। यता पहिलो हाफमा पछिल्लो १५ मिनेट बंगलादेशले दबाबमा थियो । दोस्रो हाफमा १५ मिनेटसम्म नेपालले बलमा नियन्त्रण जमायो ।

त्यसपछि भने केहीबेर बंगलादेशले दबाब बनायो । तर बंगलादेशले गोल गर्न भने सकेन । जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो छ। अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग आगामी मंगलबार खेल्नेछ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण