१७ वर्षसम्म क्यान्सरसँग लडिन्, अन्ततः जीवनको युद्धसँग हारिन् यी गायिका
८० र ९० को दशककी हलिउडकी चर्चित गायिका मेरी फ्रेडरिक्सनको ६१ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो ब्रेन ट्युमरको उपचारका लागि रेडिएशन उपचार गराइरहेकी थिइन् । थुप्रै पप गीतमार्फत् चर्चा हासिल गरेकी मेरीका लागि पछिल्लो एक दशक निकै चुनौतीपूर्ण रह्यो । रिपोर्टका अनुसार मेरीको परिवारका सदस्यले उनको मृत्युबारे जानकारी दिएका हुन् । उनी पछिल्लो १७ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।
सन् २००२ मा ब्रेन ट्युमरबारे थाहा भयोः
सन् २००२ मा मेरी बाथरुममा लडेपछि उनी घाइते भएको खबर आएको थियो । त्यतिबेला उनलाई टाउकोमा चोट लागेको र स्वास्थ्योपचारपछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको रिपोर्टमा बताइएको थियो । रिपोर्टका अनुसार मेरीलाई बचाउनका लागि २५ प्रतिशत सम्भावना मात्र बाँकी थियो । मेरीले त्यसपछि रेडिएशन ट्रिटमेन्टको सहारा लिएकी थिइन् ।
यद्यपि, सन् २०१६ सम्म उनले आफ्नो प्रस्तुती जारी राखेकी थिइन् तर त्यसपछि उनले रोगका कारण आइन्दा प्रस्तुती दिन नसक्ने घोषणा गरिन् । मेरीको मृत्युपछि संसारभरीका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । उनले ‘फेडिङ लाइक अ फ्लावर, लिसन टु योर हार्ट, स्लिपिङ इन माइ कार’ जस्ता लोकप्रिय गीतमा आफ्नो आवाज दिएकी छिन् । उनलाई ८० को दशककी सबैभन्दा सफल गायिकाको रुपमा हेरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण