अन्तिम अवस्थामा यस्तो थियो यी ‘भिलेन’को अवस्था, अन्तिम संस्कारमा गायब थिए बलिउड
‘त्रिदेव’ (सन् १९८९), ‘चमत्कार’ (सन् १९९२), मोहरा (सन् १९९४) र खिलाडीयोंका खिलाडी (सन् १९९६) जस्तो फिल्ममा देखिएका नायक गेविन पेकर्डको जब मृत्यु भयो तब बलिउडका कनै पनि स्टार उनको अन्तिम विदाईमा समावेश भएनन् । अन्तिम समयमा उनको स्थिती निकै खराब भएको थियो । मृत्यु हुँदा उनी ४७ वर्षका थिए ।
आयरिश मूलका भारतीय नायक थिए पेकर्डः
पेकर्डको जन्म सन् १९६४ मा जून ८ तारिखमा महाराष्ट्रको कल्याणमा भएको थियो । उनी पाँच सन्तानमध्येका जेठा थिए । उनका पिता अर्ल कम्प्युटर एक्सपर्ट थिए भने आमा बारबरा गृहिणी जो कोंकणी महाराष्ट्रियन थिइन् । पेकर्डका हजुरबुवा आयरिश–अमेरिकी थिए । उनी अमेरिकी आर्मीको सदस्यको रुपमा बेंगलुरु आएका थिए तर पछि उनले भारतमा नै बस्ने निर्णय गरे ।
श्रीमतीसँग अलग्गिएपछि भाइसँग बस्न थालेका थिए गेविनः
गेविनको सम्बन्धविच्छेद भएको थियो र जीवनको अन्तिम समयमा उनी कान्छा भाइ डेरिल पेकर्डसँग बसिरहेका थिए । गेविनका दुई छोरी (एरिका पेकर्ड र केमिली कायला पेकर्ड) छन् ।
सन् २०१२ मा वसई महाराष्ट्रमा श्वासप्रश्वासमा समस्याका कारण गेविनको मृत्यु भएको थियो । उनलाई बान्द्राको सेन्ट एन्ड्रूज अन्द्रेव्स बरियल ग्राउन्डमा गाडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण