बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यक्तिको इज्जतसँग खेलेको भन्दै ट्वीङ्कलमाथि खनिए ट्वीटर प्रयोगकर्ता

सोमबार, ०५ भदौ २०७४, १५ : १४
सोमबार, ०५ भदौ २०७४

लेखिका तथा बलिउडकी पूर्व नायिका ट्वीङकल खन्नाले मुम्बईको समुन्द्रको किनारामा एक दिसा बसिरहेका व्यक्तिको फोटो सोसल मिडियामा अपलोड गरेकी छिन् । कतिले उनको उक्त फोटो ‘ट्वाइलेटः एक प्रेम कथा’ को दोस्रो भाग बताएका छन् भने कतिले यसले व्यक्तिको मानहानी गरेको भनी टिप्पणी दिएका छन् ।

गत अगस्ट १८ तारिखमा ट्वीट गरिएको उनको मर्निङ वाकको फोटोको ब्याकग्राउन्डमा एक व्यक्ति बालुवामा दिसा बसिरहेका देख्न सकिन्छ । उनले फोटोलाई क्याप्सन दिएकी छिन्, ‘ट्वाइलेट एक प्रेमकथा पार्ट टु ।’

अब अहिले मानिसहरुले उनलाई ती व्यक्तिको इज्जतसँग खेलेको र फोटो सेयर गरेका कारण माफी माग्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।

फोटोको आलोचना धेरैले गरेका छन् । यद्यपी, कतिले भने ती व्यक्तिले खुल्लाभन्दा नजिकैको शौचालय प्रयोग गर्नुपर्ने भन्दै ट्वीट गरेका छन् ।

ट्वीङ्कलका श्रीमान् नायक अक्षय कुमारको फिल्म ट्वाइलेटः एक प्रेम कथा गत अगस्ट ११ तारिखमा रिलिज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप