शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विरोधीलाई विष्णु रिमालको चेतावनी: ‘हावामा घुस्सा नचलाऔँ’

बिहीबार, ०३ पुस २०७६, १६ : ४०
बिहीबार, ०३ पुस २०७६

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य विष्णु रिमालले अबको पार्टी निर्माण प्रकृया केहो ? भन्दै प्रश्न गरेका छन् । नेकपाको बिहीबार बसेको स्थायी समिति बैठकमा प्रतिवेदनमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले जनवादी केन्द्रीयताको आजको सन्दर्भमा सिर्जनात्मक प्रयोग कस्तो हुने हो ? प्रतिस्पर्धा या सहमति भनेर प्रश्न गरेका छन् । उनले प्रतिस्पर्धा हो भने एकताको जोडमा लागेका पाप्राहरु उप्कन्छन् कि उप्कन्न ? सहमति हो भने आधार के ? भन्दै प्रश्न गरेका हुन् । 

त्यस्तै उनले केही सदस्यहरुले बैठकमा ‘लाल झण्डा बोकेर लाल झण्डा सिध्याउने षडयन्त्र’को रुपमा प्रस्तुत भएकोमा आपत्ति समेत जनाए । ‘लाल झण्डा बोकेर लाल झण्डा सिध्याउने षडयन्त्र’ को रुपमा प्रस्तुत हुनुभयो, दुःख लाग्यो । एकताका कारण हामी राजनीतिमा ३ नम्बरबाट १ नम्बरमा आइपुगेका छौं । आन्दोलन सक्न त किन एकता गरिरहनुपथ्र्याे ?’ रिमालले आक्रोश पोख्दै भनेका छन् । 

उनले पार्टी कमिटी प्रणाली डरलाग्दो अवस्थाबाट गुजे्रको भन्दै अझै बढाउन माग गरिएकोमा विरोध गरेका छन् । ‘भद्दा कमिटीमा प्रणालीमा आन्तरिक लोकतन्त्र खुम्चिन्छ, निर्णय प्रकृया साँघुरो घेरामा बाँधिन्छ । हामी नेतृत्व केन्द्रीकरण गर्न हुनुहुन्न भन्छौं, फेरि कमिटीचाँहि भद्दा माग गर्छौं ? विरोधाभास भएन ?’ रिमालको भनाई छ । 

उनले गुटबारे भनेका छन् ‘एउटा चाँहि स्पष्ट होऔं, कसले चलाएको टीम गुट हो,  कसले चलाएको पार्टी ? कसलाई चित्त बुझ्दा कुरा मिलेको मान्ने कसलाई नबुझ्दा ? व्यवहारमा ओर्लिउँ । हावामा घुस्सा नचलाउँ ।’

टिप्पणीका क्रममा रिमालले सरकारले गरेका कामहरुको धेरै तारिफ पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप