भारतमा देशव्यापी विरोध प्रदर्शन, दिल्लीमा पहिलोपटक टेलिफोन र इन्टरनेट सेवा बन्द
काठमाडौं । भारतमा नागरिकता सम्बन्धी ल्याइएको नयाँ कानूनको विरोधमा बिहिबार देशव्यापी प्रदर्शन भएको छ । विरोध प्रदर्शनलाई प्रभावहीन बनाउन दिल्ली प्रशासनले हस्तक्षेप गरे पनि प्रदर्शन झनै चर्कदै गएको छ ।
भारतको राजधानी दिल्लीमा विरोध प्रदर्शनलाई ध्यानमा राख्दै आज लालकिल्ला क्षेत्र र पुर्वोत्तर दिल्लीका केही भागमा निषेधाज्ञा र दिल्लीको मेट्रो रेल स्टेसनमा सर्वसाधारणलाई आउन जान निषेध गरिएको थियो । प्रदर्शनकारीहरुले जन्तर मन्तरमा भेला भएर नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा विभिन्न विश्वविद्यालयका विद्यार्थी र विभिन्न दलका समर्थक सहभागी भएका थिए । दिल्ली लगायत देशभरि प्रदर्शनकारीहरुले राष्ट्रिय नागरिकता दर्ता (एनआरसी) र नगरिकता संशोधन कानून (सीएबी) को विरोधमा आन्दोलन चर्काउदै गएका छन् ।
दिल्लीमा भएको प्रदर्शनमा काँग्रेस नेता सन्दीप दीक्षित, स्वराज अभियानका नेता योगेन्द्र यादव र भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, डी राजा, निलोत्पाल बसु, ब्रिन्दा कराँतलगायत नेता कार्यकर्ता सहभागी भएका थिए । प्रदर्शन चर्किन थालेपछि दिल्लीका केही भागमा पहिलोपटक टेलिफोन सेवा बन्द गरिएको छ । मोबाइल सेवा, इन्टरनेट सेवा समेत बन्द गरिएको भारतीय मिडियाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण