वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वाधीनता केन्द्रमा हुनुपर्छ ः नेता रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले पार्टीको विधान र राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका लागि राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति र असङलग्नताको विषयलाई महत्व दिइएको बताए ।
नेता रावलले संयुक्त राज्य अमेरिकाको मिलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेकाले यसबारे नेपाल र अमेरिकाले स्पष्ट पार्नुपर्नेमा जाड दिए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले एमसीसीको सहयोगमा अमेरिकाको मात्रै रु ५५ अर्ब नभएको बताउँदै नेपालको पनि त्यसमा रु १३ अर्ब रहेकाले नेपालको महालेखापरीक्षकले लेखापरीक्षण गर्न नपाउने कुरा राष्ट्रिय स्वाधीनताको हितमा नरहेको विचार व्यक्त गरे ।
नेता रावलले उक्त परियोजनामा नेपाल सरकारले राज्यका कुनै निकाय संलग्न गराउनु परेमा एमसीसीको स्वीकृति लिनुपर्ने भनेर लेखिएकाले त्यो अव्यावहारिक हुने हुँदा यस्ता विषयवस्तुमा संवेदनशील हुनुपर्ने बताए ।
नेता रावलले समानताको आधारमा सम्झौता गर्न दुवै देशको परराष्ट्र मन्त्रालयबाट जवाफ आएमा उक्त सहयोग लिन हुने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण