सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुशल पंजाबीको अन्तिम संस्कारमा पुगे थुप्रै सेलिब्रिटी (फोटोफिचर)

आइतबार, १३ पुस २०७६, ०७ : ३५
आइतबार, १३ पुस २०७६

भारतीय अभिनेता कुशल पंजाबीको अन्तिम संस्कार शनिबार मुम्बईमा आयोजना गरियो । कुशलका नजिकका साथी करणबीर बोहरा र चेतन हंसराजबाहेक अभिनेता र टिभी कार्यक्रम प्रस्तोता अर्जुन बिजलानी, सुशान्त सिंह, बख्तियार ईरानी, उनकी श्रीमती तनाज र बहिनी डेलनाज, अभिनेता एजाज खान, अभिनेत्री दृष्टि धामी र निर्देशक–स्क्रिनराइटर केन घोषसमेत टिभी जगतसँग सम्बन्धित थुप्रै सेलिब्रिटी उनलाई अन्तिम विदाई दिन पुगे ।

अभिनेता चेतन हंसराजले एक अंग्रेजी वेबसाइटसँगको कुराकानीमा कुशलले आत्महत्या गरेको बताए । उनले भने, ‘उनी श्रीमतीसँग छुट्टिइसकेका थिए जसका कारण उनी तनावमा थिए । यसै कारण उनले आत्महत्याजस्तो कदम उठाए ।’

स्मरण रहोस्, कुशलले सन् २०१५ नोभेम्बरमा युरोपेली प्रेमिका आन्ड्रे डोलेसँग गोवामा विवाह गरेका थिए । दुबैका एक छोरा पनि छन् जोसँग कुशलले सोसल मिडियामा अत्यधिक तस्बिर सेयर गर्ने गर्दथे । तर पछिल्लो केही समयदेखि उनकी श्रीमती छोरासँग शंघाइमा बसिरहेकी थिइन् र कुशल मुम्बईमा एक्लै बसिरहेका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप