कुशल पंजाबीको अन्तिम संस्कारमा पुगे थुप्रै सेलिब्रिटी (फोटोफिचर)
भारतीय अभिनेता कुशल पंजाबीको अन्तिम संस्कार शनिबार मुम्बईमा आयोजना गरियो । कुशलका नजिकका साथी करणबीर बोहरा र चेतन हंसराजबाहेक अभिनेता र टिभी कार्यक्रम प्रस्तोता अर्जुन बिजलानी, सुशान्त सिंह, बख्तियार ईरानी, उनकी श्रीमती तनाज र बहिनी डेलनाज, अभिनेता एजाज खान, अभिनेत्री दृष्टि धामी र निर्देशक–स्क्रिनराइटर केन घोषसमेत टिभी जगतसँग सम्बन्धित थुप्रै सेलिब्रिटी उनलाई अन्तिम विदाई दिन पुगे ।
अभिनेता चेतन हंसराजले एक अंग्रेजी वेबसाइटसँगको कुराकानीमा कुशलले आत्महत्या गरेको बताए । उनले भने, ‘उनी श्रीमतीसँग छुट्टिइसकेका थिए जसका कारण उनी तनावमा थिए । यसै कारण उनले आत्महत्याजस्तो कदम उठाए ।’
स्मरण रहोस्, कुशलले सन् २०१५ नोभेम्बरमा युरोपेली प्रेमिका आन्ड्रे डोलेसँग गोवामा विवाह गरेका थिए । दुबैका एक छोरा पनि छन् जोसँग कुशलले सोसल मिडियामा अत्यधिक तस्बिर सेयर गर्ने गर्दथे । तर पछिल्लो केही समयदेखि उनकी श्रीमती छोरासँग शंघाइमा बसिरहेकी थिइन् र कुशल मुम्बईमा एक्लै बसिरहेका थिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

