फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो (अपडेट)
एजेन्सी । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म ४१ जनाको मृत्यु भएको हो । हजारौ व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका जनाइएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका प्रवक्ता मार्क तिम्बलले आँधीका कारण अझै पनि १२ जना हराईरहेको र उनीहरुको खोजी भइरहेको जानकारी दिए । प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीहरुले जनाएका छन् ।
त्यसैगरी सडक र विमानस्थलहरुमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्द गरिएको थियो । खोजी उद्धारमा संलग्न अधिकारीका अनुसार फिलिपिन्सको मध्यभागमा पर्ने भिसायासमा आँधी आएको हो ।
फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीमध्ये सबैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा सात हजार ३०० जनाको मृत्यु भएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण