चर्चित नायिका पक्राउः आफ्नै बुढी आमालाई चक्कु घोपेर हत्या गरेको आरोप
अभिनेत्री मोली फिट्जगेराल्डलाई आफ्नी आमाको चक्कु घोपेर हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा देखिएको थियो । स्मरण रहोस्, ‘क्याप्टेन अमेरिका’ सिरिजको फिल्मलाई दर्शकले निकै रुचाउने गर्छन् । ओलाथे पुलिस विभागले ३८ वर्षे अभिनेत्रीलाई नयाँ वर्षको पूर्व सन्ध्यामा पक्राउ गरिएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।
पुलिस अधिकारीका अनुसार मोलीकी आमा प्याट्रिशिया ईं फिट्जगेराल्डको घरमा झगडाको सूचना पाइएको थियो । पुलिस त्यहाँ पुग्दा उनलाई रगताम्मे अवस्थामा भेटिएको थियो । उनीमाथि चक्कुमार्फत् हमला गरिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । अनुसन्धानपछि पुलिसले मोलीलाई पक्राउ गरेको छ ।
फक्स न्यूजका अनुसार मोलीकी आमा पेट्रिका टी फिट्जगेराल्डको उमेर ६८ वर्षको थियो । अभिनेत्री मोली फिट्जगेराल्डले अहिलेसम्म आफूमाथि लागेको आरोपमाथि कुनै स्पष्टिकरण दिएकी छैनन् ।
आइएमडीबीका अनुसार क्रिस इवान स्टारर ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’ मा एउटा सानो भूमिकामा थिइन् । यो फिल्म निकै चर्चित भएको थियो । यसको कमाइले संसारभरीका फिल्मको कमाईको थुप्रै रेकर्ड तोडेको थियो । यसबाहेक मोली एक निर्माता निर्देशक पनि हुन् । उनले सन् २०१४ मा ‘द लफूल ट्रुथ’ र सन् २०१७ मा ‘द क्रिप्स’ निर्माण गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
-
स्पष्ट प्राथमिकता बिना संविधान संशोधन अघि बढाइएकोमा गगन थापाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण