एन प्याब्सनले थाल्यो सुरक्षित विद्यालय अभियान
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ । एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा सचेतना पनि गरिने बताए । राजमार्ग नजिक रहेका विद्यालयबाट शुरु गरिएको यो अभियान क्रमशः विस्तार हुने सो संस्थाले जनाएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि सरकारले सुरक्षित विद्यालयसम्बन्धी नीतिमा प्राथमिकता दिएको सन्दर्भमा एन प्याब्सनले पनि आफ्नो तर्फबाट अभियान सञ्चालन गरेको हो ।
संस्थाको २२औँ स्थापनाका अवसरमा आज आयोजित कार्यक्रममा उनले शिक्षक कर्मचारीको औषधोपचार बीमा, विद्यार्थी बीमा र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिए।
संस्थाले सदस्य विद्यालयको विवरण अद्यावधिक गर्न ‘इमार्क’ को सहयोगमा आजदेखि नेसनल प्याब्सन एपको शुभारम्भ गरिएको छ । स्थापनको दिवसको कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु गीता राणा, कर्णबहादुर शाही, संस्थापक महासचिव अर्जुनबहादुर अधिकारीलगायत सहभागी भई केक काटेर शुभकामना आदानप्रदान गरेका थिए । निजी लगानीमा सञ्चालित विद्यालयको संरक्षण र संवद्र्धन तथा संस्थापकको स्वामित्व स्थानान्तरण हुँदै जाने अधिकार सुनिश्चित गर्न विसं २०५४ मा एन प्याब्सनको स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण